चीनले अमेरिकालाई भन्यो– एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर, पहरामा टाउको नठोकाऊ

चीनले अमेरिकालाई भन्यो– एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर, पहरामा टाउको नठोकाऊ

काठमाडौँ : चीनले अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चेतावनी दिँदै पहरामा टाउको नठोकाउन सुझाव दिएको छ । अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना, बल प्रदर्शनलगायत हकर्तत बन्द्य गर्न चीनले चेतावनी दिएको हो ।

एजेन्सीहरूका अनुसार चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले यूएसएस कनेक्टिकट आणविक पनडुब्बी झडपका सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनीयुक्त जबाफ दिएका हुन् ।

चिनियाँ सैन्य समाचार मिडिया केन्द्रका अनुसार पत्रकार सम्मेलनमा वुले भने, ‘टकराव भएको बेलादेखि अमेरिकी पक्षको अप्ठ्यारो र गोप्य मनोवृत्तिले अन्तर्राष्ट्रिय समुदायमा अनिवार्य रूपमा शङ्का उत्पन्न गरेको छ । अमेरिकी पक्षले तीनवटा प्रश्नको स्पष्ट जबाफ दिनुपर्छ : पहिलो, अमेरिकी पनडुब्बीको नेभिगेसनको उद्देश्य के हो ? दोस्रो, टक्करको सही स्थान के हो ? अन्त्यमा यसले आणविक चुहावट वा समुद्री वातावरणीय प्रदूषण निम्त्यायो कि निम्त्याएन ?’

चीनले यस घटनाको मूल कारण एसिया–प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य जहाजहरूद्वारा गरिएको व्यापक र उच्च तीव्रताको नजिकको जासुसी, हस्तक्षेप, उक्साहट र बल प्रदर्शनका साथै अमेरिकी ‘सैन्यकरण’ हो भन्ने विश्वास गरेको पनि वुले बताए । उनले भने, ‘हामी अमेरिकी पक्षलाई त्यस्ता गतिविधिहरू तुरुन्तै बन्द गर्न आग्रह गर्दछौँ, पर्खालमा आफ्नो टाउको नठोक्कियोस् ।’

ताइवानको एयर डिफेन्स इन्टिग्रेसन जोनमा चिनियाँ सेनाको उपस्थितिका विषयमा अमेरिका र चीनबीच तनाव बढिरहेको छ । यसै क्रममा उक्त दुर्घटना भएको हो । अमेरिका र उसका अनुयायीहरूले क्यारियर स्ट्राइक ग्रुप २१ भनेर चिनिने यस क्षेत्रमा बलको एक प्रमुख बहुराष्ट्रिय शक्ति प्रदर्शन गरिरहँदा कनेक्टिकट दक्षिण चीन सागरको वरपरको पानीमा सक्रिय रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :