मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

मगर मुक्ति मोर्चा, नेपालको अध्यक्षमा निरू थापामगर

बेनी (म्याग्दी) : निरू थापामगरको अध्यक्षतामा ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सुदर्शन थापामगर, महासचिव इन्द्र घर्तीमगर, सचिव दुर्गा थापामगर र कोषाध्यक्ष भीमप्रकाश पुनमगर चयन भएका छन् ।

निर्वाचित नयाँ कार्यसमितिलाई नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर र पार्टीका केन्द्रीय सदस्य एवम् म्याग्दी, मुस्ताङ र बागलुङ इन्चार्ज विप्लवले बधाई ज्ञापन गर्दै आवश्यक निर्देशन दिएका थिए ।

मङ्सिर ८ गतेदेखि १० गतेसम्म म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित मोर्चाको चौथो राष्ट्रिय सम्मेलनले आगामी ३ वर्षका लागि नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ कार्यसमिति निर्वाचित गरेको हो । मोर्चाले १० बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।

निवर्तमान अध्यक्ष गमबहादुर श्रीसमगरलगायत ७ जना तत्कालीन केन्द्रीय समितिका सदस्यलाई सम्मेलनले बिदा गरेको छ । मोर्चाको सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लवले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :