अर्घाखाँचीले खेलाडीलाई पुरस्कार बितरण गर्दै पार्टी पुनर्गठन दिवस मनाए

अर्घाखाँचीले खेलाडीलाई पुरस्कार बितरण गर्दै पार्टी पुनर्गठन दिवस मनाए

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको ८ औँ पुनर्गठन दिवसको अवसरमा आयोजना गरेको अतिरिक्त क्रियाकलापको पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको नेकपाका नेता गोपाल घर्तीले जानकारी दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला सचिव खेम घर्तीले सम्पूर्ण खेलाडी विद्यार्थी भाई बहिनीहरूलाई बिशेष धन्यवाद दिँदै अहिलेको शिक्षा प्रणाली दुई किसिमको भएको बताएका छन् । यसै विषयलाई प्रष्ट पार्दै निजी शिक्षा प्रणाली र सरकारी शिक्षा प्रणाली छन् । निजी शिक्षा प्रणालीले धनि वर्गको मात्र प्रतिनिधित्व गरेको छ, यसलाई पनि सरकारीकरण गरी निःशुल्क हुनुपर्ने घर्तीले बताए । उनले आम जनताको जीवनसँग जोडिएको स्वास्थ्य पनि निःशुल्क हुनुपर्ने बताए ।

उक्त कार्यक्रमलाई सेल कमिटी सचिव पदम खत्रीको अध्यक्षता, नेकपा नेता गोपाल घर्तीको सञ्चालन र सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट कक्षा ८ की मनिसा बैजालीको मन्तव्यमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :