नेकपा रुकुम पश्चिमद्वारा ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण

नेकपा रुकुम पश्चिमद्वारा ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण

रुकुम पश्चिम : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आठौंँ पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित जिल्लास्तरीय खुल्ला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लास्तरीय खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगितामा भावेश बोहोरा र सिद्धार्थ केसीको टिम विजेता भएको छ भने अनिल बुढा र ध्रुवविक्रम थापाको टिम उपविजेता भएको छ । त्यस्तै सान्त्वना भने विलास बिष्ट, मनीष खड्का, भानु सुनार र मदन बुढाथोकीको टिम भएको छ ।

नेकपाले बुधवार पार्टी पुनस्र्थापना दिवसको अवसर पारेर सदरमुकाम खलङ्गामा प्रतियोगता उद्घाटन गरेको थियो ।

पुरस्कार बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका कार्यालय सदस्य मोतीराम खड्काको अध्यक्षता र जिल्ला पार्टी सेक्रेटरी चन्द्रबहादुर बुढाको प्रमुख आतिथ्य रहेको थियोे । कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला सचिव तथा नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका जिल्ला सदस्य धनु ओलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :