मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलन जारी

मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलन जारी

म्याग्दी/बेनी : नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति मोर्चा, नेपालको चौथो राष्ट्रिय सम्मेलनको बन्दशत्र जारी रहेको छ ।

म्याग्दीको सदरमुखाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा जारी बन्दशत्रमा यो समाचार तयार पर्दासम्म संगठनको सांगठनिक एवं प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान मस्यौदा प्रस्तुति छलफल एवं पारित गरिनुका साथै देशैभरिका विभिन्न १२ वटा क्षेत्रीय संयोजन समितिका संयोजकबाट संगठनको रिपोर्ट एवं विधान प्रतिवेदन माथि तिप्पणी राख्ने कार्य सम्पन्न भएको छ ।

जारी बन्दशत्रमा मोर्चाका सम्मेलन आयोजक समितिका सदस्य सुदर्शन थापामगरले सांगठनिक एवं प्रगति प्रतिवेदन, सदस्य निरू थापामगरले आर्थिक प्रतिवेदन र सदस्य इन्द्र घर्तीमगरले विधान मस्यौदा प्रस्तुत गरेका थिए भने प्रस्तुत प्रतिवेदन माथि तिप्पणी तथा सम्बन्धित क्षेत्रको रिपोर्ट समगरमाथाबाट सञ्जिव लुङ्गेलिमगर, मेची–कोशीबाट बिशाल मगर, जनकपुरबाट शेरबहादुर शारूमगर, पुर्बि ताम्सालिङबाट चरित्र थापामगर, नारायणीबाट शारदा थापामगर, बागमतिबाट जितबहादुर खपाङ्गीमगर, धौलागिरीबाट किरन पुनमगर, गण्डकीबाट दुर्गा थापामगर, लुम्बिनीबाट हरिप्रसाद घर्तीमगर, राप्तीबाट भिमप्रकाश पुनमगर, भेरीकर्णालीबाट कर्णबहादुर थापामगर, सेतीमहाकालीबाट दानबहादुर थापामगरले राखेका थिए । प्रतिवेदन प्रस्तुति छलफल तथा पारित पश्चात अब बन्दशत्र निर्बाचन प्रक्रियामा अगाडि बढ्ने प्रतिनिधि मण्डलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :