सिराहामा पार्टी पुनर्गठन दिवसमा जनसभा

सिराहामा पार्टी पुनर्गठन दिवसमा जनसभा

लाहान : नेकपा सिराहाले जनसभा आयोजना गरी आठौँ पार्टी पुनर्गठन दिवस मनाएको छ ।

प्रप्त समाचारअनुसार नेपाल कम्युनिस्ट पार्टी सिराहा जिल्लाको आयोजनमा लाहान बजारको खुला ट्राफिक चोकस्थित नयाँ बसपार्कको खुलामञ्चमा जनसभा आयोजना गरी पार्टी पुनर्गठन दिवस मनाइएको हो ।

नेकपा सिराहा–सप्तरी जिल्ला इन्चार्ज बलवानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी सुशीलले गरेका थिए ।

कार्यक्रमका वक्ताहरूले दलाल पुँजीवादको समाप्तिका लागि जनमतसङ्ग्रह गर्नुपर्ने र जनमतसंग्रह गराउन प्रगतिशील संयुक्त सरकार निर्माण गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । वैज्ञानिक समाजवादको नारा र कार्यक्रम अघि सारेर नेकपाले पार्टी पुनर्गठनको औचित्य प्रमाणित गरेको वक्ताहरूको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :