नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान

नेकपा कपिलवस्तुद्वारा पार्टी पुनर्गठन दिवसको अवसरमा रक्तदान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले ८औँ पार्टी पुनर्गठन दिवसको अवसरमा बुधबार जिल्लाको शिवराज न.पा.स्थित नेपाल आदर्श नमुना मा.वि.को प्राङ्गणमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा नेकपा कपिलवस्तुका नेता, कार्याकर्ता, युवा सङ्गठनका युवाहरू, अनेमा क्रान्तिकारी सङ्घका महिला, समाजसेवी, बुद्धिजीवी, अन्य शुभ इच्छुक लगायत स्थानीयहरूको उपस्तिथिमा ४० जनाले रक्तदान गरेका थिए ।

पार्टी पुनर्गठन दिवसलाई उत्सवका रुपमा मनाउने कार्यक्रम अन्तर्गत नेकपा कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवम् कपिलवस्तु जिल्ला सचिव कमलले शुरुमा रक्त दिई उद्घाटन गरेका थिए ।

रक्तदान गर्ने सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्रसहित फलफूल, जुसको पनि व्यवस्था रहेको थियो । साथै साँझा जिल्ला भित्रका मुख्य चोकचोकमा दिप प्रज्वालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :