दैलेखमा आठौँ पार्टी पुनर्गठन दिवस सम्पन्न

दैलेखमा आठौँ पार्टी पुनर्गठन दिवस सम्पन्न

दैलेख : नेपाल कम्युनिस्ट पार्टी दैलेखले बुधबार आठौँ पार्टी पुनर्गठन दिवस कार्यक्रम सम्पन गरेको छ । पुनर्गठन दिवसको अवसरमा जिल्लाको आठबिस नगरपालिकाको राकम कर्णाली बजार, चामुन्डा बिन्द्रासैनी नगरपालिकाको पालेतडा बजार र दैलेख बजारमा वैज्ञानिक समावादका लागि सङ्घर्ष गरौँ ! आठौँ पुनर्गठन दिवस भब्य रुपले मनाऔँ भन्ने नारा लेखेको व्यानर र झन्डाहरू बजारका चोकहरूमा राखिएको थियो । अबिर जात्रा तथा चियापान कार्यक्रमहरू सम्पन गरिएको छ ।

राकम कर्णाली बजारमा सम्पन भएको कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी दिपेन्द्रले देशमा अहिले देखिएको राजनीतिक सङ्कटको समाधान संसदीय निर्वाचनबाट हुन नसक्ने बताए । उनले नेपालमा संसदीय निर्वाचन धेरै पटक भएको कुरा उल्लेख गर्दै काँग्रेस र संसदवादी कम्युनिस्टहरूलाई जनताले दिएको दुईतिहाई बालुवामा पानी खन्याए जस्तो भएकोकाले जनतालाई अहिलेको दलाल संसदीय व्यवस्था जसले नुनदेखि सुनसम्म, जन्मदेखि मृत्युुसम्म करको नाममा जनतालाई लुटिरहेको बताए । यो लुटेरा व्यवस्था रोज्ने कि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात र मनोरञ्जको ग्यारेन्टी गर्ने वैज्ञानिक समाजवादी व्यवस्था रोज्ने भन्ने अधिकार जनतालाई दिनुपर्ने कुरामा जोड दिनुपर्ने दिपेन्द्रले बताए ।

आठबिस नगर सेक्रेटेरी लोगराजले सञ्चालन गरेको कार्यक्रममा आठबिस नगरका इन्चार्ज प्रकाश, अखिल (क्रान्तिकारी) केन्दीय समिति सदस्य सुद्रसन र आठबिस बडा नं. ४ का सेक्रेटरी बमबहादुर सिजापतिले पनि शुभकामना मनतव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :