नेकपा कपिलवस्तुद्वारा मुल्यबृद्धि विरुद्ध विभिन्न ठाउँमा सिठी जुलुस

नेकपा कपिलवस्तुद्वारा मुल्यबृद्धि विरुद्ध विभिन्न ठाउँमा सिठी जुलुस

कपिलवस्तुः नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जिल्ला भित्र रहेको विभिन्न ठाँउमा सिठ्ठी जुलुस गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यबृद्धि गरेका कारण गते नेकपाले कार्तिक ३० नेपाल बन्दको आह्वान गरेको छ । बन्दको पूर्व सन्ध्यामा शिवराज नगरको बनकत्ताबाट सिठी जुलुस सुरु गरी शिवपुर, भलुही, समिति चोक, चन्द्रौटा बजार हुँदै बेलौटी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई नेकपा शिवराज नगर इन्चार्ज पावेलले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन युवा संगठन कपिलवस्तु जिल्ला सदस्य योगेन्द्र पुनले गरेको थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताले कपिलवस्तुको विजयनगर गाउँपालिका, शिवराजनगर, कृष्णनगर, महाराजगन्ज, बाणगंगा, बुध्दभूमि, कपिलवस्तु नगरपालिका लगायत विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध सिठी जुलुस प्रदर्शन गरेका छन् ।

नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चरणबद्ध संघर्ष गरिरहेको छ । सिठी जुलुसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नाराबाजी गरिएको छ । नेकपाले देउवा–प्रचण्ड–माधव नेतृत्वको गठबन्धन सरकारले जनताको ढाड सक्नेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको विरुद्धमा देशव्यापी आन्दोलनको सिर्जना गरेको र बाध्य भएर ३० गते नेपाल बन्द गर्न लागेको नेकपाले जनाएको छ । यो जनजीविकाको सवाल भएको हुँदा भोलि कार्तिक ३० गते नेपाल बन्दलाई सहयोग गर्न सम्पूर्ण जनसमुदायहरुलाई आब्हान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :