बन्दको पूर्वसन्ध्यामा धनगढीमा मशाल जुलुस प्रदर्शन

बन्दको पूर्वसन्ध्यामा धनगढीमा मशाल जुलुस प्रदर्शन

धनगढी : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कात्तिक ३० गते नेपाल बन्द गरेको नेपाल कम्युनिस्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा धनगढीमा मशाल जुलुस प्रदर्शन गरेको छ ।

मालपोत रोडबाट निस्किएको जुलुसले रातोपुल हुँदै प्रदेशसभा भवन अगाडि आएर प्रदर्शन गरेको थियो । सरकारले जनताको ढाड सेक्नेगरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै सङ्घर्षमा उत्रिएको नेकपाले मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग गर्दै आएको छ ।

प्रदेशसभा अगाडि मशाल बालेर प्रदर्शन गरिरहेका नेकपा कार्यकर्ताहरूलाई प्रहरीले रोक्न खोजे पनि प्रहरीलाई छक्याएर मशाल बाल्दै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :