बन्द सफल पार्न चितवनमा नेकपाको मसाल जुलुस

बन्द सफल पार्न चितवनमा नेकपाको मसाल जुलुस

चितवन : नेपाल कम्युनिस्ट पार्टी चितवनले सोमबार साँझ चितवनका विभिन्न स्थानमा मसाल जुलुस सम्पन्न गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि कात्तिक २५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको नेकपाले कात्तिक ३० गते आयोजना गरेको नेपाल बन्दको पुर्व सन्ध्यामा नेकपा चितवनले चितवनका मुख्यमुख्य बजार भरतपुर महानगर पालिकाको नारायणगढ बजार, पश्चिम चितवनको चनौली, पुर्वि चितवनको भण्डारा बजार र टाँडी बजार साथै माडीको बसन्तपुर बजारमा मसाल जुलुस सम्पन्न गरेको हो ।

गठबन्धन सरकारले जनताको माफिया र दलालको आडमा जनताको ढाड सेक्ने गरी इन्धन लगायत अत्यावश्यक खाद्यवस्तुमा चर्को महँगी बढाएको भन्दै कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ र नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायलाई नेकपाले अपिलसमेत गरेको छ ।

कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन : दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिठ्ठी जुलुस, साँझ मसाल जुलुस सहितका सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेकपाले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :