नेकपा रूपन्देहीद्वारा देवदहमा मूल्यबृद्धि विरुद्ध सिठी जुलुस

नेकपा रूपन्देहीद्वारा देवदहमा मूल्यबृद्धि विरुद्ध सिठी जुलुस

बुटवलः नेपाल कम्युनिस्ट पार्टी, रुपन्देहीले देवदहको खैरेनीमा सिठ्ठी जुलुस गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेका कारण नेपाल बन्दको आह्वान गरेको छ । खैरेनीको पुतलीबजारबाट सुरु भएको विरोध प्रदर्शन बुद्धचोकबाट पुनः खैरेनी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई जिल्ला जनपरिषद प्रमुख शिशिरले सम्बोधन गरेका थिए । कार्यक्रमको संचालन युवा संगठनका सन्तोष सुबेदीले गरेको थिए ।

नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध चरणबद्ध संघर्ष गरिरहेको छ । सिठी जुलुसमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नाराबाजी गरिएको छ ।

नेकपाले देउवा–प्रचण्ड–माधव नेतृत्वको गठबन्धन सरकारले जनताको ढाड सेक्ने गरी इन्धन लगायत अत्यावश्यक खाद्यवस्तुमा चर्को महंगी बढाएको भन्दै कार्तिक ३० गते नेपाल बन्दको आब्हान समेत गरेको छ । नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायलाई नेकपाले अपील गरेको छ ।
नेपाल बन्द शान्तिपूर्ण हुने नेकपा स्रोत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :