जनयुद्धका प्रथम घाइते मनखनाको श्रद्धाञ्जली सभा सम्पन्न

जनयुद्धका प्रथम घाइते मनखनाको श्रद्धाञ्जली सभा सम्पन्न

रोल्पा: नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगर सुवासका ममतामयी आमा एवं महान जनयुद्धका पहिलो घाइते मनखना बाँठा मगरको श्रद्धाञ्जली सभा माडी ५ भाबाङमा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर त्यहाँ पुगेका छन् । सभालाई सम्बोधन गर्दै बुढामगरले स्वर्गिय मनखना बाँठामगरको प्रेरणाबाट क.सुवास लगायत थुप्रै क्रान्तिकारी छोराहरू जन्मिएकाले अब आमाको प्रेरणाबाट जन्मिएका हामी क्रान्तिकारी छोराहरू आमाको सपना पूरा गर्न कतिबद्ध भएर लाग्नुपर्ने बताए ।

स्वर्गिय मनखना बाँठामगरका जेष्ठ सुपुत्र एवं नेकपाका रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगरको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेकपाका केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला इन्चार्ज जागृति, नेकपाका रोल्पा जिल्ला विशेष कमिटी सदस्य प्रयास, नेकपा एमालेका रोल्पा जिल्ला उपाध्यक्ष विजय घर्ती, नेकपा माओवादी केन्द्रका माडी गाउँपालिका सचिव विर बहादुर घर्तीमगर हावा लगायतले श्रद्धासुमन मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेकपाका रोल्पा सेक्रेटरी दिनेश विक्रम चन्दले गरेका थिए ।
विक्रम संवत् १९९५ बैशाख १४ गते रोल्पा भाबाङमा जन्मिएका मनखना वर्ग सङ्घर्षका समय २०५१ सालमा प्रहरी र स्थानिय बिच भएको झडपमा पुलिसको गोलि लागि जनयुद्धको पहिलो घाइते भएका थिए । उनको ८३ वर्षको उमेरमा यही कार्तिक २४ गते आफ्नै घर भाबाङमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :