विश्वभर २२ करोड ४१ हजार कोरोना सङ्क्रमित निको भए

विश्वभर २२ करोड ४१ हजार कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २२ करोड ४१ हजार नाघेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ८२ हजार २७३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या २२ करोड ४१ हजार २५६ पुगेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ४ लाख ४८ हजार ८४७ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २४ करोड २७ लाख ६५ हजार २९८ पुगेको छ भने विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ लाख ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ७ हजार ४४८ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ४९ लाख ३६ हजार ८६१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यही अवधिमा कोरोनाबाट अमेरिकामा एक हजार ९८२, रुसमा एक हजार २८, ब्राजिलमा ४०१, टर्कीमा २१४, बेलायतमा १७९ र भारतमा १६० जनाको मृत्यु भएको छ । यस्तै थपिने सङ्क्रमितमा अमेरिकामा ७८ हजार १०८, बेलायतमा ४९ हजार १३९, रुसमा ३४ हजार ७३, टर्कीम २९ हजार ७६०, भारतमा १८ हजार ३५९ र ब्राजिलमा १५ हजार ६१० जना रहेका छन् ।

गत २४ घन्टामा अमेरिका ८४ हजार ७५४, बेलायतमा ३६ हजार ८०२, टर्कीमा २८ हजार ८०३, रुसमा २५ हजार २३१, ब्राजिलको २२ हजार ८६७ र भारतमा १७ हजार ५६० जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :