दलित मुक्ति मोर्चा, नेपालको नवौँ पूर्ण बैठक सम्पन्न

कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन हुने

दलित मुक्ति मोर्चा, नेपालको नवौँ पूर्ण बैठक सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा, नेपालको नवौँ पूर्ण बैठक सम्पन्न भएको छ । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन ! वैज्ञानिक समाजवादको पक्षमा दलित मुक्तिको पाँचौँ राष्ट्रिय सम्मेलन !!’ भन्ने मूल नाराका साथ बुधबार बुटवलमा सम्पन्न भएको हो ।

बैठक कात्तिक ३ गते रुपन्देहीको बुटवलमा मोर्चाको केन्द्रीय अध्यक्ष डम्बरबहादुर बिश्वकर्माको अध्यक्षता, नेकपा केन्द्रीय सदस्य एवम् मोर्चा केन्द्रीय फ्र्याक्सन इन्चार्ज शीतलको प्रमुख आतिथ्यता, पार्टी सिसिएम कृतिको विशेष आतिथ्य, केन्द्रीय दलित विभाग प्रमुख सन्ध्या र रुपन्देही जिल्ला पार्टी सचिवको आतिथ्यमा सम्पन्न भएको थियो ।

बैठकले कात्तिक २७, २८ र २९ गते कैलालीको धनगढीमा नेकपा महासचिव विप्लवद्वारा भव्य उद्घाटन हुने मोर्चाको पाचौँ राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा सम्पूर्ण रुपमा केन्द्रित हुने निर्णयसमेत गरेको छ ।

उक्त सम्मेलनको अहिले देशव्यापी घनिभूत तयारी भइरहेको छ । सो सम्मेलनमा देशका ७७ वटै जिल्ला र प्रवासबाट पनि प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागिता हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :