नेकपाद्वारा नेता कार्यकर्तालाई बाढीपहिरोबाट प्रभावितको उद्धारमा लाग्न निर्देशन

नेकपाद्वारा बाढीपहिरोले मृत्युवरण गर्ने नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण

नेकपाद्वारा नेता कार्यकर्तालाई बाढीपहिरोबाट प्रभावितको उद्धारमा लाग्न निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले गत आइतबारबाट देशैभरि भिषण वर्षाका कारण पहिरो, बाढी, कटान र डुवानका कारण देशमा जनधनको अपुरणीय क्षति भएको यो विपतको घडीमा मृत्युवरण गर्ने ३१ जना नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरी घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै मृतकका आफन्तजनहरूप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले बुधबार प्रेस विज्ञप्तिमार्फत राज्यको कमजोर अवस्थाका कारण पहिरो, बाढी, डुवान र कटानबाट प्रभावित जनताको उद्धार र राहतको कार्यमा सङ्लग्न हुन सिङ्गो पार्टीपङ्तिलाई विशेष निर्देशन गरेका छन् । साथै प्रवक्ता प्रकाण्डले मृतकका परिवारहरूलाई उचित राहतको व्यवस्था, घाईतेहरूको निःशुल्क प्रभावकारी उपचार, बेपत्ता नागरिकहरूको तिव्रतामा खोजी र जोखिमीको आतङ्कमा बसेका वस्तीहरूको सुरक्षित पुर्नवासको व्यवस्था गर्न नेपाल सरकारसँग विशेष माग गरेका हुन् ।

पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘गत आइतबारबाट देशमा भएको भिषण वर्षाका कारण डोटीमा ७ जना, डडेलधुरामा १ जना, कालीकोटमा १ जना, सुनसरीमा ३ जना, धनकुटामा ६ जना, ईलाममा ७ जना र पाँचथरमा ६ जना गरि ३१ जना नागरिकहरूको दुःखद् निधन हुन पुगेको छ । बझाङ्ग जिल्लाको थराला गाउँपालिका–४ मा ६ वटा घर पहिरोमा पर्दा २३ जना नागरिकहरू बेपत्ता हुन पुगेका छन् । बाढी, पहिरो र कटानमा परि कैलालीमा ४ जना, हुम्लामा ६ जना समेत गरि देशैभरि ४३ जना नागरिकहरू बेपत्ता भएका छन् । कर्णाली नदीमा आएको बाढीका कारण कर्णाली करिडोरको कालीकोट खण्डको जितेस्थित फेरी बगाएर यातायात अवरुद्ध भएको छ । देशैभरि बाढी र डुवानले किसानहरूले लगाएको धानवालीमा ठुलो नोक्सानी पुर्याएको छ । पहिरो, बाढी, कटान र डुवानका कारण देशमा जनधनको अपुरणीय क्षति भएको यो विपतको घडीमा मृत्युवरण गर्ने ३१ जना नागरिकहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ साथै घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछ । मृतकका आफन्तजनहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’

प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘मृतकका परिवारहरूलाई उचित राहतको व्यवस्था, घाईतेहरूको निःशुल्क प्रभावकारी उपचार, बेपत्ता नागरिकहरूको तिव्रतामा खोजी र जोखिमीको आतङ्कमा बसेका वस्तीहरूको सुरक्षित पुर्नवासको व्यवस्था गर्न नेपाल सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।’

प्रकाण्डले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘राज्यको कमजोर अवस्थाका कारण पहिरो, बाढी, डुवान र कटानबाट प्रभावित जनताको उद्धार र राहतको कार्यमा सङ्लग्न हुन सिङ्गो पार्टीपङ्तिलाई विशेष निर्देशन पनि गर्दछौँ । धन्यवाद ।’ प्रेस विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :