राष्ट्रिय जागरण मञ्चद्वारा नेता वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली

राष्ट्रिय जागरण मञ्चद्वारा नेता वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाडौँ : नेकपा निकट राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीले श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गरी नेकपाका वरिष्ठ केन्द्रीय सदस्य, जनयुद्ध एवम् एकीकृत जनक्रान्तिका योद्धा वीरजङ्गप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त पार्टी महासचिव विप्लव, आमा, परिवारजन र प्रियजनहरूमा हार्दिक समवेदना पनि प्रकट गरेका छन् ।

मञ्चका संयोजक लोहनीले वक्तव्यमा भनेका छन्, ‘नेपाली जनताको प्रिय र क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ केन्द्रीय सदस्य तथा महान् जनयुद्धका होनहार योद्धा कमरेड चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को यही असोज २८ गते बेलुका ९ः३० बजे उपचारकै क्रममा दुःखद् निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । एक जोदाहा, इमानदार, कुशल नेताको निधनले सिङ्गो क्रान्तिकारी आन्दोलनलाई अपूरणीय क्षति पुर्याएको छ । यस दुःखद् घडीमा कमरेड वीरजङ्गप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

लोहनीको वक्तव्यमा अगाडि भनिएको छ, ‘नेपाली जनताले उहाँको त्याग, बलिदान र समर्पणको सदैव स्मरण गर्नेछन् । हामी देशभक्त, जनतन्त्र र जनजीविकाका पक्षधर नेपाल कम्युनिस्ट पार्टी, पार्टीका महासचिव, आदरणीय आमालगायत सम्पूर्ण परिवारमा गहिरो समवेदना व्यक्त गर्दछौँ । साथै उहाँले छाडेर गएका बाँकी कार्यभार र सपना पूरा गर्न नेपालका क्रान्तिकारी जनताले उहाँको पदचापलाई पछ्याइरहनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :