विरजंगको निधनप्रति पार्टी प्रवक्ताद्वारा श्रद्धाञ्जली व्यक्त

देशभरका पार्टी कार्यालयहरूमा तीन दिनसम्म झण्डा आधा झुकाईने

विरजंगको निधनप्रति पार्टी प्रवक्ताद्वारा श्रद्धाञ्जली व्यक्त

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टीका केन्द्रीय सदस्य विरजंगको असमाहिक निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताउँदै पार्टी र जनतालाई स्तब्ध बनाएको बताएका छन् ।

विद्यार्थीकालमा पञ्चायती व्यवस्थाका विरुद्धको आन्दोलन हुँदै आफ्नो सिङ्गो जिवन क्रान्तिकारी राजनैतिक आन्दोलनमा बिताएका विरजंगको निधनले अपूरणीय क्षति भएको बताउँदै पार्टी जिवन र क्रान्तिकारी आन्दोलनमा विरजंगको अभाव सदैव खड्किरहने उल्लेख गरेका छन ।शोक वक्तव्य जारी गर्दै प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी र नेपाली क्रान्तिमा उनले गरेको योगदान, त्याग, तपस्या र बलीदानीको पुर्ण रूपमा रक्षा गर्दै जनक्रान्तिलाई विजयमा पुर्‍याईछाड्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन। विरजंगको निधनमा असोज ३१ गतेसम्म तीन दिन देशभरका पार्टी कार्यालयहरूमा पार्टीको झण्डालाई आधा झुकाउने कार्यक्रम राखिएको जनाइएको छ।

नेता विरजंगको बिहीबार भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा मुटुरोगको उपचारका क्रममा निधन हुनपुगेको प्रवक्ता प्रकाण्डद्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ।उनको अन्त्यष्टी ३० गते कपिलवस्तुको शिवगढीमा गरिने समेत जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :