नेकपा दैलेखद्वारा शाहीप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा दैलेखद्वारा शाहीप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दैलेखले पार्टीका जिल्ला सदस्य देवबहादुर शाहीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । शनिबार जिल्ला सेक्रेटरी दिपेन्द्रले शोक वक्तव्यमार्फत ठाँटीबाँध गाउँपालिका वडा नं. ६ निवासी देवबहादुर शाहीको क्षेत्रीय अस्पताल सुर्खेतमा उपचारको क्रममा अकल्पनीय दुःखद् निधनले सिङ्गो पार्टी मर्माहत भएको बताएका छन् । साथै उनले शाहीप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेकपा दैलेख जिल्ला कमिटी सदस्य ठाँटीबाँध गाउँपालिका वडा नं. ६ निवासी कमरेड देवबहादुर शाहीको हिजो राती १०ः३० बजेतिर उपचारको क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा अकल्पनीय दुःखद् निधन भएको छ । उहाँको निधनले सिङ्गो पार्टी मर्माहत भएको छ । उहाँले समाज परिवर्तन गर्न गरेको त्यागको हाम्रो पार्टी उच्च मुल्याङ्कन गर्छ । उहाँको निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :