अछामको चौखुटेमा नेकपाको कोणसभा

अछामको चौखुटेमा नेकपाको कोणसभा

अछाम : नेपाल कम्युनिस्ट पार्टी अछामले चौखुटे बजारमा कोण सभा सम्पन्न गरेको छ । पाटीले जिल्लामा संचालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत सोमबार कोणसभा आयोजना गरिएको हो ।

सभामा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाहीले दलाल संसदिय व्यवस्था र संसदवादी दलहरूले चाल्ने राष्ट्रघाती चरित्रका कारण देश गम्भिर सङ्कटमा परेको भन्दै आपत्ति जनाए । साथै उनले देशलाई सबै खाले संकटबाट मुक्त गर्न वर्तमान दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद नै एक मात्र विकल्प भएको स्पष्ट पारे । संसदीय व्यवस्थाले राष्ट्र र जनताको समस्याको निकास नदिएकोले जनता आजित भएर विकल्प खोजिरहेको बताए । वैज्ञानिक समाजवादको पक्षमा स्पष्ट बहुमत रहेकोले बर्तमान समयमा जनमत संग्रहमा जानुपर्ने उनको धारणा थियो ।

कोण सभाको सञ्चालन चौरपाटी गाउँपालिका इन्चार्ज करण साउदले गरेका थिए भने कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र स्थानीयको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :