सडक सरसफाइमा नेकपा डोटी

सडक सरसफाइमा नेकपा डोटी

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटीले दिपायल सिलगढी नगरपालिका वडा नं.६ थाप्ला नजिक रहेको साँफे सडकदेखि सजना टोलसम्म जाने घोरेटो बाटो सरसफाइ तथा बिग्रिएको ठाँउमा मर्मत गरेको छ ।

नेकपाका जिल्ला सदस्य तथा नगर इन्चार्ज कृष्ण बोहोरा, युवा संगठन नेपालका डोटी अध्यक्ष सुशिल मलासी लगायत नेताकार्यकर्ताहरु उक्त सरसफाइ गर्ने काममा सहभागी भएका थिए ।

नेकपाका अनुसार उक्त सरसफाइ कार्यमा स्थानिय रुपमा रहेको सामाजिक संस्था डिसोन्डिङ युनाइटेड संघ, नेपालका प्रतिनिधिहरुले साथ दिएको युवा संगठन नेपाल डोटीका अध्यक्ष सुशिल मलासीले जानकारी दिएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :