युवा संगठनले डोटीका सरकारी कार्यालयमा नयाँ नक्सा राखिदियो

युवा संगठनले डोटीका सरकारी कार्यालयमा नयाँ नक्सा राखिदियो

डोटी : जिल्लाका सवै सरकारी कार्यालयहरुमा लिपुलेख र लिम्पयाधुरा सहितको नक्सा राख्नुपर्ने भन्दै युवा संगठन डोटीले जिल्लामा रहेका सम्पूर्ण कार्यालयहरुमा नेपालको नयाँ नक्सा राखिदिएको छ ।

सरकारी कार्यालयहरुले अनिवार्यरुपमा नयाँ नक्सा राख्नुपर्ने माग युवा संगठनले गरेको छ । जिल्लाका अधिकाशं सरकारी कार्यालयहरुमा समेत नयाँ नक्सा नभएको जानकारी युवा संगठनले दिएको छ । युवा संगठनले जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी शाखा कार्यालय, जिल्ला कृषी ज्ञान केन्द्र सिलगढी, दिपायल सिलगढी नगरपालिका कार्यालय, जिल्ला सम्वन्य डोटी लगायतको कार्यालयमा नेपालको नयाँ नक्सा राखिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :