अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी सिलाई मजदुर संघको सातौं राष्ट्रिय सम्मेलन काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।

मोहोन घलेको सभा अध्यक्षमा, कार्यक्रमका प्रमुख अतिथि अ.ने.क्रान्तिकारी ट्रेड युनियन महासंघका संयोजक विनोद थापा, विशेष अतिथिमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय आर्थिक विभागका सेक्रेटरी सजीव नेपाली, अ.ने.क्रान्तिकारी सिलाई मजदुर संघका पूर्व अध्यक्ष एवम् अ.ने.क्रान्तिकारी ट्रेड यूनियन महासंघका पूर्व सचिव देव परियारको आथित्यतामा भएको कार्यक्रममा सचालन अ.ने.क्रान्तिकारी सिलाई मजदुर संघका पूर्व महासचिव भरत परियारले गरेका थिए ।

सम्मेलनले मोहोन घलेको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति पारित गरेको छ । अध्यक्ष मोहोन घले, उपाध्यक्ष जीवन दर्नाल, महासचिव भरत परियार, सचिव र कोषाअध्यक्ष अर्को केन्द्रीय कमिटीको वैठकबाट पारित गर्ने निर्णय गरेको छ । यस्तै सदस्यहरूमा हरिश औजि, राजेश रसाइली, सुनिल परियार, अकवर अन्सारी, गोविन्द परियार, अरूण परियार, यादव परियार, माया दर्जि, रवि दर्जि, रमेश सुन्दास, शंकर गोतामे, सन्तोष कार्की, वसन्त परियार, नुर हुसेनलाई चयन गरेको छ । यस्तै सल्लाहकारमा संयोजक निरन्जन नेपाली, जयबहादुर परियार, युवराज धामी र मीनबहादुर नेपाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :