चितवनमा मङ्गलबार पनि नेकपाको केन्द्रीय वैचारिक राजनीतिक प्रशिक्षण जारी

चितवनमा मङ्गलबार पनि नेकपाको केन्द्रीय वैचारिक राजनीतिक प्रशिक्षण जारी

पर्सा (चितवन) : मङ्गलबार रिपोर्ट पेस गर्नेहरूमा झापाबाट प्रशान्त, कैलालीबाट सङ्गम, बाँकेबाट अनिल, मुगुबाट समाज, पश्चिम रुकुमबाट चन्द्र, बागलुङबाट आकाश, चितवनबाट मीनप्रसाद, ललितपुरबाट विशाल, दोलखाबाट माधव गौतम ‘आकाश’, रौतहटबाट कुमार, सिराहाबाट सुशील, खोटाङबाट जीवन, इलामबाट जितमान, सुर्खेत विशेष जिल्ला डी वानबाट सरिता, बैतडीबाट लक्ष्मण, जुम्लाबाट प्रभावित, प्युठानबाट अजय, नवलपुरबाट शीतल, गोरखाबाट कपिल, उत्पादन विभागबाट मनिराज, भक्तपुरबाट विजय, मकवानपुर डीवानबाट मिङ्मार, सिन्धुपाल्चोकबाट युगीन, बाराबाट रक्तिम, धनुषाबाट सन्तोष, सोलुखम्बुबाट निमा, पाँचथरबाट सन्तोष, विशेष जिल्ला कैलालीबाट विमल, प्रवास भारतबाट दामोदर, दैलेखबाट दीपेन्द्र, पाल्पाबाट भुवन, पर्वतबाट अनन्त, लमजुङबाट आक्रोश, प्रवासबाट गोविन्द, काठमाडौँ डी वानबाट कुमाल, रामेछापबाट इन्द्र, पर्साबाट गणेश, प्रवास मुम्बैबाट झरना, धनकुटाबाट नवीन, बाजुराबाट एन्डिज, अछामबाट सङ्घर्ष, डोटीबाट ध्रुव, उत्तरप्रदेशबाट दीपक र डँडेल्धुराबाट विजय छन् ।

रिपोर्टका क्रममा उनीहरूले जिल्लाहरूमा भएगरेका कामहरूको सूची प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने कामहरूका बारेमा पार्टीलाई सुझाव दिएका छन् । रिपोर्टमा उल्लेख गरिएअनुसार नेकपाले देशव्यापी रूपमा कोरोना महामारी फैलिसकेपछि त्यसको नियन्त्रण र रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै जनचेतना फैलाउने काम भएको छ । यस्तै पार्टीले अघि सारेको जनमतसङ्ग्रहको कार्यदिशाका बारेमा जनतालाई बुझाउने र सङ्गठन निर्माण गरेको प्रतिवेदन प्रशिक्षणमा प्रस्तुत गरिएको छ । यस्तै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार ठाउँठाउँमा उत्पादनका कामहरू पनि गरिएका छन् भने केही जिल्लामा कार्यालय स्थापना गरिएको छ । यस्तै रिपोर्टिङ गर्नेहरूले एमसीसी र जयसिंह धामी हत्याकाण्डविरुद्ध निरन्तर सङ्घर्ष जारी राखेको पनि बताएका छन् ।

सोमबार सुरु भएको प्रशिक्षण कार्यक्रमको अध्यक्षता पार्टी महासचिव विप्लवले गरिरहेका छन् भने सहजीकरण प्रवक्ता प्रकाण्डले गरिरहेका छन् । अन्तर्राष्ट्रिय गीतबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा सामना परिवारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेको छ । कार्यक्रममा देशभरिबाट नेकपाका ३ सय नेता–कार्यकर्ताको सहभागिता रहेको जानकारी केन्द्रीय समितिले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :