जनपत्रकार सङ्गठन नेपाल लुम्बिनीद्वारा सम्मेलनको समीक्षा

जनपत्रकार सङ्गठन नेपाल लुम्बिनीद्वारा सम्मेलनको समीक्षा

दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले सम्पन्न भएको प्रथम सम्मेलनको समीक्षा गरेको छ ।

यस्तै बैठकले प्रदेश सम्मेलनमा भएको आयव्यायको प्रगति विवरण पेस गरि अनुमोदन गरेको छ । साथै बैठकले तालिम सञ्चालन, पत्रपत्रिका, सञ्चार, रेडियो र टिभी संचालनका निम्ति पहल र सञ्चालन गर्ने, व्यवसायीक पत्रकारितालाई महत्वपूर्ण स्थान दिएर अगाडि बढ्ने, सङ्गठनलाई आत्मनिर्भर बनाउने, पत्रकार महासङ्घको सदस्यता प्राप्तिका लागि सङ्घर्ष गर्ने र महासङ्घको भण्डाफोरका विरुद्ध सङ्घर्ष गर्ने, अहिले चर्चामा रहेको सञ्चार विधेयकका विरुद्धमा सङ्घर्ष गर्ने, व्यापक सङ्गठनको सदस्यता वितरण गर्ने, राष्ट्रिय सम्मेलन सफल बनाउन प्रदेशमा आ–आफ्नो जिल्लामा अभियान सञ्चालन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।

बैठकको अध्यक्षता तथा सञ्चालन दिपेश बिष्टले गरेका थिए भने प्रमुख अतिथि राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दाना केसीले प्रशिक्षण मुलक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :