युवा सङ्गठन नेपालले ईस्वरपुर नगरपालिको प्रथम भेला सम्पन्न

युवा सङ्गठन नेपालले ईस्वरपुर नगरपालिको प्रथम भेला सम्पन्न

सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपालले ईस्वरपुर नगरपालिको प्रथम भेला सम्पन्न गरेको छ । भेलाले नगिना देवीको नेतृत्वमा अध्यक्ष राजेश कुमार कुस्वार, उपाध्यक्ष बेचुराम, सचिव अर्जुन कुमार कुश्वार माझी, कोषाध्यक्ष जयमुन खातुन लगायत ९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

भेलामा प्रमुख अतिथि युवा सङ्गठन नेपाल केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज बिचारमान थिङ, अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा जनकपुर व्युरो संयोजक पदम मगर, युवा सङ्गठन नेपाल सर्लाही जिल्ला संयोजक भरत पुलामी, नेपाल कम्युनिस्ट पार्टी ईश्वारपुर नगर सेक्रेटरी सुनिता झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि बिचारमानले दलाल पुँजीवादी संसदीय व्यवस्थाको चुनावमा कुनैपनि युवाहरू लाग्न नहुने बताए । उनले जनतालाई आश्वासन दिने र जनप्रतिनिधिले करोडौँ कमाउने जनतालाई शोसन र उत्पीडनमा पार्ने चुनाव जनताले खारेजी गर्नुपर्ने बताए । यस्तै पदम मगरले निर्वाचितहरूलाई स्वागत तथा बधाई दिएका थिए । उनले १० बर्षे जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरूको सपाना पूरा गर्ने बाटोमा आफ्नो पार्टी निरन्तर लागिपरेको बताए ।

भेलाले निर्वाचितहरूलाई अबिर लगाएर स्वागत तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :