शिक्षक सङ्गठनद्वारा अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा

शिक्षक सङ्गठनद्वारा अधिकारीको स्मृतिमा श्रद्धाञ्जली सभा

रुपन्देही : अखिल नेपाल शिक्षक सङ्गठन रुपन्देहीको आयोजनामा शिक्षक नेता शेरबहादुर अधिकारीको दुःखद निधन भएको १३ औँ दिनको स्मृतिमा सोमबार बुटवलस्थित कालिका मानवज्ञान माविमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि तथा सङ्गठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले शेरबहादुर अधिकारीको निधनले सङ्गठनलाई अपुरणीय क्षति पुग्नुका साथै शैक्षिक र पेशागत आन्दोलनमा क्षति पुगेको बताए । उनले अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अर्थ उपमहासचिव एवम् जाजरकोटस्थित जनप्रिय मावि दशेराका पुर्वप्रधानाध्यापक शेरबहादुर अधिकारी एक कुशल शिक्षक नेता हुनुका साथै एक असल साहित्यकार पनि भएको स्मरण गर्दै शैक्षिक, पेशागत र साहित्यिक क्षेत्रमा उहाँले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

श्रद्धाञ्जली सभामा नेपाल शिक्षक महासङ्घ लुम्बिनी प्रदेश सहअध्यक्ष छबिलाल पाण्डे, नेपाल शिक्षक सङ्घ रुपन्देही अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रुपन्देहीका सल्लाहकार बिष्णुहरी ज्ञवाली, कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापा लगायतले दिवंगत अधिकारीको निधनले सिङ्गो शैक्षिक र पेशागत जगत स्तब्ध भएको बताउदै शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेका थिए ।

अखिल नेपाल शिक्षक सङ्गठनका रुपन्देहीका अध्यक्ष रेशम चालिसेको अध्यक्षतामा सम्पन्न भएको श्रद्धाञ्जली सभाको सञ्चालन सहसचिव शेरचन्द्र गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :