महासचिव विप्लवद्वारा बलहीरा बुढामगरप्रति श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा बलहीरा बुढामगरप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेकपाका महासचिव विप्लवले पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर ‘विषम’ का दाजु बलहीरा बुढामगरप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । बलहीरा बुढामगरको हाज बिहान दाङको घोराहीमा ७७ वर्षको उमेरमा निधन भएको हो ।

महासचिव विप्लवद्वारा आज बिहान जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य क. सन्तोष बुढामगर ‘विषम’ का सहोदर जेठा दाजु बलहीरा बुढामगरको दाङस्थित घोराही उपमहानगरपालिका १३, आफ्नै निवासमा ७७ वर्षको उमेरमा २०७८ साल असोज ९ गते बिहान भएको निधनले हामीलाई दुःखी बनाएको छ । थबाङ गाउँपालिका १ निवासी बलहीरा बुढाप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :