एमसीसी

कविता

एमसीसी
लेखक : रगवीर विश्वकर्मा

नेपालीको स्वाभिमानमा हान्ने किन एमसीसीले ?
ऐन, कानुन, संविधानलाई बान्ने किन एमसीसीले ?
असंलग्न परराष्ट्र नीति नेपालको हुँदाहुँदै
आईपीएसको महाजालमा तान्ने किन एमसीसीले ?

स्वच्छ मनले विकास गर्न अनुदान दिने भए
नाममा गर्न साधनस्रोत छान्ने किन एमसीसीले ?
रिस गर्दै चाइनालाई विकासमा रोक्न खोज्दै
आफैँ मात्र सुपर पावर मान्ने किन एमसीसीले ?

नेपालपछि चाइना कब्जा गर्न सजिलो हुने ठान्दै
दलाल नेतालाई किन्न जान्ने किन एमसीसीले ?
पौरखको प्रतिस्पर्धा स्वच्छ मनले गर्न छोडी
अमेरिकाले चीनको रिस सान्ने किन एमसीसीले ?
नेपालको स्वाधीनता झान्ने किन एमसीसीले ?
साम्राज्यवादको पद मात्र धान्ने किन एमसीसीले ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :