सिन्धुलीकाे स्थानीय तहहरुमा देखिएको बेरुजुप्रति ३ राजनीतिक माेर्चाकाे गम्भीर ध्यानाकर्षण

सिन्धुलीकाे स्थानीय तहहरुमा देखिएको बेरुजुप्रति ३ राजनीतिक माेर्चाकाे गम्भीर ध्यानाकर्षण

नेपाल कम्युनिष्ट पार्टी सिन्धुली लगायत तीन राजनीतिक पार्टीले जिल्लाको विभिन्न स्थानीय तहहरुमा विकासको नाममा विभिन्न शिर्षकमा अनियमिता गरी देखिएको बेरुजुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सेक्रेटरी गोपाल ब्लोन, नेकपा (क्रान्तिकारी माओवादी) का सेक्रेटरी सुवर्ण, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक छत्र लाखेले संयुक्त विज्ञप्ती जारी गरी दलाल संसदिय पुजीवादी व्यवस्था असफलताका कारण नगरपालिका र गाउँपालिकामा बेरुजुको समस्या देखिएको बताएका छन् ।
महालेखा परिक्षकको प्रतिवेदनअनुसार सिन्धुलीको तिनपाटन गाउँपालिकामा रु. ४४९७६०००, सुनकोशी गाउँपालिकामा रु. ३०४३००००, कमलामाई नगरपालिकामा रु. २६२४२०००, ग्याङलेखे गाउँपालिका रु. १९७९६०००, दुधौली नगरपालिका रु. १७३९२०००, फिक्कल गाउँपालिका रु. १५२८४०००, हरिहरपुर गढी गाउँपालिका रु. ९२०१०००, गोलन्जोर गाउँपालिका रु. ८७२९०००, मरिण गाउँपालिका रु. ७००७००० बेरुजु देखिएको विज्ञप्तीमा उल्लेख छ ।

जनताको काम गर्ने भनेर जनप्रतिनिधि भएकाहरु आफ्ना व्यक्तिगत काममा ठेक्कापट्टादेखि लिएर अनेक दलाली तथा विभिन्न बाहाना बनाई कार्यालयमा उपस्थित नहुने सेवाग्राहीलाई दुःख दिने गरेको विज्ञप्तीमा उल्लेख छ । त्यसैले यस्तो असफल व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवादी व्यवस्थाको तयारीमा जुट्न सबै नागरिकमा अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :