युवा सङ्गठन नेपाल जनकपुर व्युरोको दोस्रो पूर्ण वैठक सम्पन्न

युवा सङ्गठन नेपाल जनकपुर व्युरोको दोस्रो पूर्ण वैठक सम्पन्न

महोत्तरी : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जनकपुर व्युरोको दोस्रो पूर्ण वैठक महोत्तरीमा सम्पन्न भएको छ । वैठकका प्रमुख अतिथि चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेश, विशिष्ट अतिथि महोत्तरी जिल्ला सेक्रेटरी झमानसिंह रहेका थिए ।

वैठकका प्रमुख अतिथि दिनेशले दलाल पुँजीवादी संसदीय व्यवस्थाले कुनै पनि युवा र नागरिकको स्वास्थ्य, शिक्षा, रोजगार, सूचना/सञ्चार सुरक्षाको ग्यारेन्टी नगरिएको हुँदा यसको सम्पूर्ण ग्यारेन्टी वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र हुनसक्ने बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि उच्चतम् प्रजातान्त्रिक, लोकतान्त्रिक र गणत्रान्त्रिक अभ्यास नै अहिलेको हाम्रो पार्टीले उठाएको जनमतसङ्ग्रह र त्यसका लागि प्रगतिशील संयुक्त सरकार अपरिहार्य रहेको र त्यसका लागि युवाहरूले सङ्गठन सुदृढ तथा विस्तारका लागि युवा माँझ जान निर्देशन दिए ।

त्यसैगरी वैठकमा महोत्तरी जिल्ला पार्टी सचिव जमानसिंङले पनि आफ्नो भनाई राखेका थिए भने वैठकको अध्यक्षता जनकपुर व्युरो इन्चार्ज विचारमानले गरेका थिए ।

वैठकले चौथो राष्ट्रिय सम्मेलनका लागि नगर, गाउँ र जिल्ला सम्मेलन/भेलाहरू गर्ने, राष्ट्रियताका लागि सङ्घर्ष गर्ने, आर्थिक लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्दै वैठक सम्पन्न भएको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :