महासचिव विप्लवद्वारा अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासङ्घको अर्थ उप–महासचिव शेरबहादुर अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

महासचिव विप्लवले बिहीबार शोक वक्तव्यमार्फत शैक्षिक आन्दोलनका अगुवा, कवि तथा साहित्यकार शेरबहादुर अधिकारीको सिभिल अस्पतालमा उपचारका क्रममा ५९ वर्षको उमेरमा भएको असमायिक दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताएका हुन् । साथै मृतक शेरबहादुर अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सदस्य तथा नेपाल शिक्षक महासङ्घको अर्थ उप–महासचिव शेरबहादुर अधिकारीको बिहीबार सिभिल अस्पतालमा उपचारका क्रममा ५९ वर्षको उमेरमा भएको असमायिक दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । हाम्रो पार्टी शैक्षिक आन्दोलनका अगुवा, कवि तथा साहित्यकार शेरबहादुर अधिकारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।’ शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :