अखिल (क्रान्तिकारी) धनुषा र महोत्तरीको जिल्ला भेला सम्पन्न

अखिल (क्रान्तिकारी) धनुषा र महोत्तरीको जिल्ला भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धनुषाको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले दिलिप दासको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गरिएको छ ।

जसको अध्यक्षमा दिलिप दास, उपाध्यक्षमा खेमन कुमार यादव, सचिवमा एन्जल कुमारी मगर, सहसचिवमा करिश्मा विश्वकर्मा, कोषाध्यक्षमा पुनम ढाकुरलाई चयन गरिएको छ । उक्त भेलामा अनेरास्ववीयू (क्रान्तिकारी) का केन्द्रिय सदस्य झलक विक र प्रभातको विशेष उपस्थिती रहेको थियो ।

त्यसैगरी महोत्तरी जिल्लामा १५ सदस्यीय समिति चयन गरिएको छ । जसको अध्यक्षमा आयूष घिमिरे, उपाध्यक्षमा खीभी गोले, सचिवमा श्याम महतो, सहसचिवमा नम्रता परियार, कोषाध्यक्षमा चिना कुमारी श्रेष्ठलाई चयन गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय सदस्य तथा धनुषा महोत्तरी इन्चार्ज देवनारायणले देशमा सामन्तका नाइके पन्तायती व्यवस्थाका अन्त्यका निम्ति विधार्थीहरु आन्दोलनमा अग्रणी भूमिका रहेको बताउदै अब पनि दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापनाका लागि अग्रणी भूमिका खेल्नुपर्ने बताए । एकिकृत जनकान्तिको कार्यदिशामार्फत दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद व्यवस्थाको स्थापनामा जनमत संग्रहको आव्हानमा वैज्ञानिक समाजवादी व्यवस्थालाई विजय हासिल गराउन अनेरास्ववियू (क्रान्तिकारी) को अग्रणी भूमिका रहने भन्दै शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :