अखिल (क्रान्तिकारी) नवलपरासीको विस्तारित बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) नवलपरासीको विस्तारित बैठक सम्पन्न

बर्दघाटः अखिल (क्रान्तिकारी) नवलपरासीको विस्तारित बैठक सम्पन्न भएको छ । विस्तारित बैठकले सन्देश सापकोटाको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ ।

बैठकको सञ्चालन संगठनका संयोजक सन्देशले गरेका थिए । बैठकको प्रमुख अतिथि नेकपा नवलपरासी सचिव धिरज, विशेष अतिथि अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक एवं २२औं राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य विरेन्द्र विक, नेकपाका जिल्ला सदस्य एवं बर्दघाट इन्जार्च प्रताप, सरावल इन्चार्ज अनिल, जनपत्रकार संगठनका प्रदिप पाठक लगायत विद्यार्थी नेताकार्यकर्ता उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि एवं नेकपा नवलपरासीका सचिव धिरजले विद्यार्थी हरेक क्षेत्रमा सफल एवं ऐतिहासिक बन्नु पर्ने बताउदै विद्यार्थीलाई वैज्ञानिक समाजवादको व्यवस्थाबारे प्रशिक्षण दिएका थिए । वैज्ञानिक समाजवादको नेतृत्वदायी भूमिका विद्यार्थीहरुको काँधमा भएकोले समाज र शिक्षा क्षेत्रमा भएका विभेदकारी शिक्षाबारे विद्यार्थीलाई बुझाउदै राज्यको शिक्षानीति परिवर्तनको भूमिका खेल्दै वैज्ञानिक शिक्षाका लागि पार्टीको भूमिकाबारे प्रष्ट पारे ।

विशेष अतिथि लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक एवं २२ औं राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य विरेन्द्रले विद्यार्थी आन्दोलन र अबको कार्यदिशामा विद्यार्थीहरुको भूमिकाबारे स्पष्ट पारेका थिए । अनावश्यक शुल्क लिएको विद्यालयमा विद्यार्थीले निरन्तर संघर्ष गर्नु पर्ने, शिक्षा श्रमसँग जोडिएको हुनुपर्ने बताउँदै संगठन र पार्टीले ल्याउन खोजेको प्राविधिक, व्यवहारिक एवं वैज्ञानिक समाजवादी शिक्षाबारे प्रशिक्षित गराए । बैठकाा नेकपा जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रतावले पनि मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :