अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकाे आयोजनामा `नेपालमा बढ्दो महिला /छात्रा हिंसा र यसको समाधान´ विषयक अन्तरक्रिया कार्यक्रम पद्मकन्या क्याम्पस बागबजारमा सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य धिरेन्द्रा उपाध्यायकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमकाे अध्यक्षता तथा अवधारणापत्र प्रस्तुत अखिल (क्रान्तिकारी) छात्रा विभाग बाग्मती प्रदेशकी प्रमुख तारा सन्ज्यालले गरेकी थिइन् ।

कार्यक्रममा अतिथिहरु अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष नरेन्द्र विक, संगठनका केन्द्रीय महासचिव मिलन राई, मानव अधिकार आयोगका रेगम महर्जन, पद्मकन्या क्याम्पस प्रमुख धनप्रसाद पण्डीत, पद्मकन्या क्याम्पस सहायक क्याम्पस प्रमुख प्रमिला लाखे लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बाेल्ने वक्ताहरुले यो कार्यक्रमकाे जरुरी रहेकोले सही समयमा कार्यक्रम आयोजना भएको बताएका थिए ।
महिला हिंसासँगै केही पुरुष पनि हिंसामा परेको भन्दै वक्ताहरूले क्याम्पस स्कुलहरुमा महिला तथा छात्राहरुको आत्मसुरक्षाको कार्यक्रम जरुरी रहेको र सार्वजनिक तथा क्याम्पस स्कुल कलेजमा काउन्सिल, ब्यानर फलेक्स राख्नुपर्ने आवश्यकता औल्याएका छन् ।         

५१ प्रतिशत महिला भएको देशमा अहिले ३३ प्रतिशत महिला सहभागिता मात्र रहेको भन्दै राज्यका हरेक निकायमा महिला ५० प्रतिशत सहभागिता पाउनुपर्ने बताएका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :