अखिल (क्रान्तिकारी) गोरखाको चौथो पूर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) गोरखाको चौथो पूर्ण बैठक सम्पन्न

गोरखा : नेकपा निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति गोरखाको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले रोजखिम गुरुङको संयोजकत्वमा २० सदस्यीय २३ औँ जिल्ला सम्मेलनको आयोजक समिति गठन गरेको छ । साथै आउँदो बैशाखको दोस्रो हप्ता जिल्ला सम्मेलन गर्ने निर्णय लिएको छ ।

बैठकमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य रुपेशको प्रमुख आतिथ्य, नेकपा गोरखा जिल्ला सेक्रेटरी कपिल र अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज अटल शर्माको अतिथिमा सम्पन्न भएको छ । नेकपा केन्द्रीय सदस्य रुपेश र अखिल (क्रान्तिकारी) का गण्डकी प्रदेश इन्चार्ज अटल शर्माले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अध्यक्षता तथा सञ्चालन गोरखा जिल्लाका पुर्व अध्यक्षले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :