अखिल (क्रान्तिकारी) उदयपुरको १३ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा दिप प्रज्वलन

अखिल (क्रान्तिकारी) उदयपुरको १३ औँ जिल्ला सम्मेलनको पूर्वसन्ध्यामा दिप प्रज्वलन

उदयपुर: अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिति उदयपुरको आयोजनामा ३२ औं जनआन्दोलन दिवस तथा अनेरास्ववियुको १३ औँ जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रम सदरमुकाम गाईघाटको मेनचोकमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर र ओखलढुंगा जिल्ला इन्चार्ज विवेक कुमाल, पार्टीका उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश साही, महासचिव मिलन राई लगायत जिल्लाका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा विभिन्न नाराहरु लगाउदै कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागीहरूले ३२औं जनअन्दोलन दिवस सफल पाराैँ, सहिदहरु लाल सलाम, बढ्दो मूल्य वृद्धि नियन्त्रण गर, दलालहरु होसियार लगायतका नाराहरु लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :