दलाल संसदीय व्यवस्थाको विकृतिको भण्डाफोर गर्दै एमसीसी विरोधीलाई सहयोग गर्छाैं: विप्लव

दलाल संसदीय व्यवस्थाको विकृतिको भण्डाफोर गर्दै एमसीसी विरोधीलाई सहयोग गर्छाैं: विप्लव

बुटवल: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बुधबार युवा संगठन नेपालको केन्द्रीय समितिको बैठकका सन्दर्भमा मगर राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समिति र रूपन्देहीका जिल्ला स्तरका कार्यकर्तालाई प्रशिक्षण दिएका छन् ।
सम्बोधन गर्दै उनले एमसीसीले नेपाललाई नवउपनिवेशतर्फ धकेल्न खोजेको भन्दै साम्राज्यवाद कुनै अलौकिक शक्ति नभएको र त्यसलाई देखाएर भाग्न जरूरी नभएको बताए ।

पार्टीविरुद्व अनलाइन मिडियाहरुमा स्थानिय चुनावबारे भ्रामक प्रचार गरेर बदनाम गर्न खोजे पनि यस्ता भ्रामक प्रचारलाई परास्त पार्दै दलाल संसदीय व्यवस्थाको विकृतिको निरन्तर भण्डाफोर गर्दै देशभक्त, एमसीसी विरोधीलाई सहयोग गर्ने बताए ।

एकीकृत जनक्रान्तिको कार्यदिशासँगै पार्टीले सम्पत्तिको स्वामित्व, राजनीतिक प्रणाली, शासकीय स्वरुपका विषयमा छलफल बढाएको पनि बताए । नेता भएर माक्र्स र लेनिनका कोटेसनहरु सुनाएर क्रान्ति सम्पन्न नहुने र जनतासँग कृषि र श्रममा निरन्तर जोडिनुपर्ने बताए । उनले आफ्नो पार्टी निरन्तर कृषिमा जोडिएको र उत्पादनमा आत्मनिर्भर हुँदै गएको बताए ।
उनले नेपाल कम्युनिष्ट पार्टी नेपाली राजनीतिको वैकल्पिक पार्टी रहेको र यसको निकास एकिकृत जनक्रान्ति रहेको उल्लेख गरे ।

बुधबारदेखि सुरु भएको युवा संगठन नेपालको बैठक अझै जारी रहेको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय सदस्य विषम, केन्द्रीय सदस्य तथा युवा फ्यासन इन्चार्ज कृति, केन्द्रीय सदस्य सन्जिव लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :