नेकपा पाल्पाको बैठक सम्पन्न, राष्ट्रघाती एमसीसीविरुद्ध जनसंघर्ष संचालन गर्ने 

नेकपा पाल्पाको बैठक सम्पन्न, राष्ट्रघाती एमसीसीविरुद्ध जनसंघर्ष संचालन गर्ने 

नेपाल कम्युनिष्ट पार्टिकाे पाल्पाको बैठक सम्पन्न भएको छ ।
पार्टीले उक्त बैठकबाट १२ औँ केन्द्रीय समितिकाे निर्णय जिल्लामा दृढता पुर्वक कार्यवन्यन गर्ने निर्णय समेत गरेको छ । साथै राष्ट्रघाती एमसीसीविरुद्ध जनसंघर्ष संचालन गर्ने समेत निर्णय गरेको छ ।
उक्त बैठकले गरेको निर्णय विज्ञप्तिसहित यसप्रकार छ-

यहि मिति २०७८ चैत्र २२ गते नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति पाल्पाको प्रथम पूर्ण बैठक जिल्ला सचिव नेपालको अध्यक्षतामा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य विषमको विषेश उपस्थितिमा बस्यो । उक्त बैठकले लिएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ती जारी गरियो ।

१) बैठकको आरम्भमा वर्गिय आन्दोलनमा सहादत प्राप्त गर्ने महान विर शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट माैनधारण गरियो । साथै वेपत्ता योद्धाहरूप्रति सम्मान गरियो । जेलमा बन्दी जीवन बिताइरहनु भएका कमरेडहरुलाई सम्मान गर्दै धैर्यधारण गर्न अनुरोध गरियो ।

२) चैत २४ गते जनआन्दोलन दिवसको अवसरमा महङ्गी विरुद्ध जनप्रदर्शन गर्ने ।

३) राष्ट्रघाती र राष्ट्रवादी बिचको ध्रुवीकरणमा व्यापक जोड दिदै राष्ट्रवादीहरुकाे संयुक्त माेर्चा निर्माण गर्ने ।

४) राष्ट्रघाती MCC सम्झौता विरूद्र जनसंघर्ष संञ्चालन गर्ने ।

५) दलाल संसदीय व्यवस्थाको व्यापक भण्डाफोर गर्दै “एक टोल एक भन्डाफोर” अभियान संचालन गर्ने ।

६) दलाल संसदीय व्यवस्थाकाे विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहका लागि जनमत संकलन गर्ने ।

७) संसदीय व्यवस्थाद्वारा गरिने स्थानीय चुनावमा राष्ट्रवादी, स्वतन्त्र उमेदवार, बाैद्दिक व्यक्तित्व, दलित, महिला, जनजाति, स्वच्छ छवि भएका व्यक्तिहरुलाई सहयोग गर्ने ।

८) राष्ट्रघाती MCC प्रयाेजनका लागि पाल्पा जिल्लाका कुनै पनि जनसमुदायहरुले घर जग्गा जमिन बिक्रीवितरण र भाडा नदिन अनुराेध गर्दछौं ।

९) भ्रष्टाचार,राष्ट्रघाति,जनघाति साथै सामाजिक अपराधीहरुलाई जनकारबाही गर्ने ।   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :