सुर्खेतमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

सुर्खेतमा नेकपाको राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न

सुर्खेत: नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले बुधबार वीरेन्द्रनगरमा जिल्लास्तरीय संयुक्त राजनीतिक–वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ ।
प्रशिक्षणका प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत–दैलेख इन्चार्ज एटम बीसीले संसद्वादी दलाल नेता र व्यवस्थाले साम्राज्यवादको हदैसम्मको दलाली गर्दै महँगी, कालोबजारी, भ्रष्टाचार, कमिसन, व्यापारघाटा, विदेशी ऋण र वैदेशिक हस्तक्षेप बढाएको बताए । उनले एमसीसीजस्ता राष्ट्रघाती सन्धि गरेर सरकारले शोषण, अन्याय, अत्याचार, हत्या, बलात्कार बढाउँदै देश र जनताको घाँटी कसिरहेको पनि बताए । जनताले विप्लव आऊ देश बचाऊ ! भन्दै चित्कार गरेकाले वैज्ञानिक समाजवाद ठीक कि संसद्वाद ठीक भन्ने विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने पार्टीको मागलाई जनतासम्म पु¥याउनुपर्ने उनको भनाइ थियो ।
प्रशिक्षणमा जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूका साथै नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका सबै पालिका र वडाका नेता–कार्यकर्ताको सहभागिता थियो । प्रशिक्षणमा सुर्खेत जिल्ला सचिव ध्रुवले राजनीतिक प्रतिवेदन वाचन गरेका थिए । प्रशिक्षणको बीचबीचमा प्रभात स्मृति जनसांस्कृतिक परिवारका कलाकारले जनवादी गीत र नृत्य प्रस्तुत गरेका थिए ।
प्रशिक्षण कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतका सचिव ध्रुवको अध्यक्षता, विशेष समिति सदस्य यमराजको स्वागत मन्तव्य र विशेष जिल्ला सचिव सरिताको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :