नेकपा धादिङको चौथो पूर्ण बैठक सम्पन्न

नेकपा धादिङको चौथो पूर्ण बैठक सम्पन्न

धादिङ : नेपाल कम्युनिस्टल पार्टी धादिङको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । जिल्ला सदरमुकाम धादिङवेशीस्थित पार्टीको जिल्ला सम्पर्क कार्यालयमा बसेको बैठक जिल्ला पार्टी सेक्रेटरी सुमनको अध्यक्षता सम्पन्न भएको थियो । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आदर्शको प्रमुख आतिथ्यता र विशेष समिति सदस्य रामबहादुर श्रेष्ठको विशेष उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि आदर्शले पार्टी क्रान्तिप्रति प्रतिबद्ध रहेको र वैज्ञानिक समाजवादी राज्यव्यवस्था नै जनताको राज्यव्यवस्था भएकोले बाहिरी हल्लाको पछि नलागी पार्टीको केन्द्रीय नीति अनुरुप कामकारवाही अगाडि बढाउनुपर्ने बताए । उनले राष्ट्रघाती एमसीसीका पक्षधर राजनैतिक दल, सङ्घ संस्थालाई जनता माँझ नाङ्गेझार पार्दै दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्न जनतामा फर्किनु पर्ने बताए । स्थानिय निकायको चुनावमा पार्टी केन्द्रीय समितिले गरेको निर्णय अनुसार जिल्ला पार्टीले आफ्ना काम कारवाही अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

चौथो जिल्ला बैठकले दलाल संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने र राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध अभियान चलाउने निर्णय गर्दै बैठक सम्मपन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :