अखिल (क्रान्तिकारी) छात्रा विभागले कास्की, नुवाकोट लगायत देशव्यापी ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) छात्रा विभागले कास्की, नुवाकोट लगायत देशव्यापी ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) कास्कीको  छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनका छात्रा विभाग प्रमुख अन्किता वाग्लेले  बुझाएको  ज्ञापनपत्रमा भनिएको छ–‘ विगत केही समय यता छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिले हाम्रो ध्यानाकर्षण भएको छ । चोक–चौतारादेखि विद्यालय–घरसम्म, १८ महिनाको शिशुदेखि ७० वर्षीय बज्यैसम्म जघन्य अपराध बलात्कारको शिकार बन्न परेको छ, यस्ता कार्यमा संलग्न दोषीलाई कारबाही नहुँदा थप घटना बढ्ने र समाज आतंकित हुने गरेको छ ।’

राज्यले महिलाहरुको निम्ति ठोस योजना बनाउन नसक्दा कुनैपनि ठाउँमा सुरक्षाको प्रत्याभूति हुने अवस्था नभएको र पछिल्लो समय मोरङको एक विद्यालयमा भएको घटना, निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट लगाएतका घटनाको शृंखला हेर्दा डरलाग्दो देखिएकोहुँदा मोरङ, चितवन र सल्यानका पछिल्लो समयमा भएका ताजा घटनाका दोषीलाई कारबाही गर्नुपर्ने जोडदार माग गरेको समेत पत्रमा उल्लेख गरिएको छ ।
साथै सम्पूर्ण छात्राहरुलाई सुरक्षाको लागि तालिमको व्यवस्था गर्नुपर्ने, महिला शसक्तिकरण कार्यक्रम बनाउनु पर्ने, सचेतनामूलक कार्यक्रम बनाई नारी सुरक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने उक्त विभागले अनुरोध गरेको छ ।

यस्तै अखिल (क्रान्तिकारी) नुवाकोटको छात्रा विभागले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले केन्द्रीय कार्यक्रम अनुसार आइतबार प्रमुख जिल्ला अधिकारीलाई उक्त पत्र बुझाएको हो ।

संगठनका छात्रा विभाग प्रमुख रोजिना नेपालीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ –‘ विगत केही समय यता छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिले हाम्रो ध्यानाकर्षण भएको छ । चोक–चौतारादेखि विद्यालय–घरसम्म, १८ महिनाको शिशुदेखि ७० वर्षीय बज्यैसम्म जघन्य अपराध बलात्कारको शिकार बन्न परेको छ, यस्ता कार्यमा संलग्न दोषीलाई कारबाही नहुँदा थप घटना बढ्ने र समाज आतंकित हुने गरेको छ ।’

साथै सम्पूर्ण छात्राहरुलाई सुरक्षाको लागि तालिमको व्यवस्था गर्नुपर्ने, महिला सशक्तिकरण कार्यक्रम बनाउनु पर्ने, सचेतनामूलक कार्यक्रम बनाई नारी सुरक्षाप्रति राज्य गम्भीर बन्नुपर्ने सो विभागले अनुरोध गरेको छ । 
यसैगरी अखिल (क्रान्तिकारी) छात्रा विभागले देशभरका विभिन्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । दाङ, रुपन्देही, काठमाडौं, भक्तपुर लगायत देशव्यापी जिल्ला प्रशासन कार्यालयमा छात्राहरुमाथि हुने विभिन्न हिंसात्मक गतिविधिहरुको सुरक्षाको माग गर्दै विभागले ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :