१. रोगिङ कति बेला गर्ने ?
रोगिङ प्रक्रिया जुन सुकै बेलामा पनि गर्न सकिन्छ तर गुणस्तर युक्त बिउ उत्पादन गर्न अरु जातसंग समिश्रण हुन नदिन फूल फुल्नु अगाडी, फूल फुलेको बेला र बाली काट्ने बेलामा रोगिङ गर्नु अति आबश्यक छ ।
२. रोगिङ किन गर्ने ?
बिउमा शुद्धता कायम गर्न रोगिङ गर्नुपर्दछ ।
३. बिउ उत्पादनमा रोगिङ भनेको के हो ?
बिउ बालीमा आउने अनावश्यक अरु बोटहरूलाई हटाई नष्ट गर्ने प्रकृयालाई रोगिङ भनिन्छ ।
४. गहुँको बिउ उत्पादन गर्दा दुइ फरक जात बीचको फरक कति हुनुपर्छ ?
एक जात देखि अर्को जातसंग कम्तीमा ३ मिटरको पृथकता दूरी आबश्यक पर्दछ । गहुँको सन्दर्भमा कालो पोके रोग लाग्ने खेतभन्दा १५० मीटर फरकमा बिउ बाली लगाउनु पर्दछ ।
५. भण्डारण गर्दा कीराबाट बचाउने उपाय के हो ?
एलमुनियम फास्फाइडको (सेल्फस) एउटा चक्की करिब १० क्विन्टल बरावरको गहुँमा हावा नछिर्ने भाडोमा राख्नु पर्दछ।बिउ राखेको दुइ महिनामा घाम लागेको दिनमा एक चोटी हेर्नुपर्दछ र पुन एक चक्की सेल्फस राख्ने ।
६. गहुँलाई थन्क्याउने उपयुक्त तरिका के हो ?
काटी सकेपछि राम्ररी सफा गर्ने र १–२ घाम सुकाई गहुँ सेलाएपछि भण्डारण गर्नुपर्दछ ।
७. गहुँलाई काट्ने उपयुक्त समय कसरी थाहा पाउने ?
गहुँको बालामुनिको डाँठ पहेंलो भएपछि गहुँ पाकेको मानिन्छ। बाला हातमा माड्दा दाना राम्ररी छुट्यो भने गहुँ काट्न थाले हुन्छ। गहुँको दानालाइ टोक्दा कुटुक्क भएपछि काट्न थाल्ने।
७. लाही कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
ककइमिडाक्लोप्रीड (कन्फीडोर २०० एम.एल) ४०० मिलि लिटर, ५०० लिटर पानीमा मिसाई १ हेक्टर वा ३० कठ्ठा जमिनमा छर्कनुपर्छ। दानालाई मुखले टोक्दा कुटुक्क आवाज आयो भने गहुँ काट्न थाल्ने ।
९. गुलावी गबारो कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
ककककककककगवारो लाग्ने क्षेत्रमा बिउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने।साथै ट्रायजोफस २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ ।
१०. पहेंलो र खैरो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
अवरोधक जात लगाउने :
तराईको लागिः विजय, तिलोत्तमा र पहाडको लागि डाँफे।
पहाडको लागिः धौलागिरी।
रसायनिक तरिकाः
दुबै सिन्दुरे रोगको लागि प्रोपिकोनाजोल २५ ई.सी. ०.१ प्रतिशत झोल प्रयोग गर्ने।
११. गहुँमा कालो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
अवरोधी जातहरू लगाउने जस्तै तराईको लागि बिजय, तिलोत्तमा र पहाडको लागि डाँफे र उच्च पहाडको लागि धौलागिरी
१२. गहुँमा कालो पोके रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?
भाइटाभेक्स २००, २ ग्राम प्रति के.जी. ले बिउ छर्नु अगावै वीउको उपचार गरेमा कालो पोके रोगको प्रकोप ब्यवस्थापन गर्न सकिन्छ ।
१३. गहुँमा साघुरो र चौडापात झारपात नियन्त्रण गर्न के गर्नुपर्ला ?
तराइको हकमाः १५ ग्राम २,४ डी (८० डब्लु.पी) र ३५ग्राम आइसोप्रोटुरान (७५ डब्ल.पी) १५ लिटर पानीमा मिसाई १ कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने।
पहाडको हकमाः २५ ग्राम २,४˗डी (८० डब्लु.पी) र ५० ग्राम आइसोप्रोटुरान (७५ डब्लु.पी) २५ लिटर पानीमा मिसाई १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने।
१४. गहुँमा चौडापात (जस्तैः बथुवा) मात्र भएको झारपात नियन्त्रण नियन्त्रण गर्न के गर्नुपर्ला ?
तराईको हकमाः ३५ ग्राम २,४–डी (०.८ सक्रिय बिष) १५ लिटर पानीमा मिसाई १ कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
पहाडको हकमाः ५० ग्राम २,४˗डी (०.८ सक्रिय बिष) २५ लिटर पानीमा मिसाई १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
१५.. गहुँमा साँघुरोपात मात्र भएको झारपात नियन्त्रण नियन्त्रण गर्न के गर्नुपर्ला ?
तराईको हकमा : ३५ ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) १५ लिटर पानीमा मिसाइ एक कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
पहाडको हकमा : ५० ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) २५ लिटर पानीमा मिसाइ १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।
१६. गहुँको स्रोत बिउ कहाँबाट प्राप्त गर्न सकिन्छ ?
राष्ट्रिय बिउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका कार्यक्रम, स्थानिय स्तरमा रहेका एग्रोभेट, बिउ उत्पादक समूह/सहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि विकास कार्यलयमा सम्पर्क गरी गहुँको स्रोत बिउ प्राप्त गर्न सकिन्छ ।
१७. गहुँ बालीमा सिँचाइ कहिलेकहिले गर्नु पर्दछ ?
गहुँ छरेको २०/२५ दिनमा (शिखर जरा निस्कने बेला), बाला निस्कने समय र दाना भरिने समयमा सिंचाई गर्नुपर्दछ । जानकारीको लागि गहुँको फूल खेलेको बेलामा सिंचाई नगर्नु राम्रो हुन्छ ।
१८.मलखाद कति प्रयोग गर्ने ?
पहाडका लागि (के.जी. प्रतिरोपनी)
अवस्था
डि.ए.पी.
यूरिया
पोटास
गोबर मल
सिंचित
4
7
1=5
500
असिंचित
3
5
1=5
500
तराईको लागि (के.जी. प्रति कट्ठा)
अवस्था
डि.ए.पी.
यूरिया
पोटास
गोबर मल
सिंचित
3
5
1
350
असिंचित
2
3=5
1
350
१९. गहुँको बिउ छर्ने उपयुक्त समय कहिले हो ?
तराई : उच्चतम उत्पादन प्राप्त गर्ने मंसिरको पहिलो हप्ता देखि मंसिर तेश्रो हप्तासम्म छरी सक्नुपर्दछ ।
पहाड : उच्चतम उत्पादन प्राप्त गर्ने कार्तिक चौथो हप्ता देखि मंसिर दोस्रो हप्तासम्म छरी सक्नुपर्दछ ।
२०. गहुँको बिउ दर कति हो ?
४ के.जी प्रति कठ्ठा वा ६ के.जी प्रति रोपनी वीउ आवश्यक पर्दछ ।
२१. पहाडको लागि उपयुक्त गहुँका जातहरू कुन कुन हुन् ?
डाँफे, धौलागिरी, गौरा र डब्लु. के. १२०४ पहाडी हावापानीका लागि उपयुक्त जातहरू हुन् ।
२२. तराईको लागि सुख्खा सहन सक्ने गहुँका जातहरू कुन कुन हुन् ?
भृकुटी, नेपाल ९७१ जातहरूले सुख्खा सहन सक्दछन् ।
२३. तराईको लागि तातो हावा सहन सक्ने गहुँका जातहरू के के हुन् ?
बिजय, गौतम, आदित्य, नेपाल २९७, भृकुटी जातहरूले तातो हावा सहन सक्ने खालका जातहरू छन् ।
२४. तराईको लागि उपयुक्त गहुँका जातहरू कुन कुन हुन् ?
तिलोत्तमा, बिजय, आदित्य, गौतम, भृकुटी, नेपाल ९७१, नेपाल २९७ जस्ता जातहरू तराई क्षेत्रका लागि उपयुक्त हुन् ।
स्रोत : इन्टरनेट