अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

अखिल (क्रान्तिकारी) मकवानपुरले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझायो

मकवानपुर : अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको छात्रा विभागबाट केन्द्रीय कार्यक्रम अनुसार विभिन्न मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।

अखिल क्रान्तिकारी मकवानपुरका सह–सचिव एवम् छात्रा विभाग प्रमुख शर्मिला थोकरद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ, “पछिल्लो समय देशभर शिक्षालयहरूमा छात्राहरू विभिन्न खाले हिंसाका शिकार भइरहेका छन् । त्यसमध्ये यौनहिंसा प्रमुख रहेको छ । छात्राहरू शिक्षालयमा नै असुरक्षित भइरहेका छन् । मोरङको लेटाङ नगरपालिका, चितवनको माडी नगरपालिका, सल्यान जिल्लालगायत देशभर छात्राहरूमाथि भइरहेको यौनहिंसाविरुद्धमा सरकारले चालेको अपर्याप्त र सुस्त कदमप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालमा यससम्बन्धी कडा कानुन नहुनु र भएको कानुन पनि सहि तरिकाले कार्यान्वयन नहुनु प्रमुख समस्या रहेको छ । अपराधीलाई कानुनी दायरामा ल्याउनुको सट्टा उल्टै अपराधीलाई नै उन्मुक्ति दिने प्रवृत्ति बढिरहेको छ । पिडितलाई न्यायको प्रत्याभूति हुन सकिरहेको छैन ।

हाम्रो सङ्गठन देभरभर भइरहेका छात्रामाथि यौनहिंसाको घटनाहरूको सत्यतथ्य पत्ता लगाई मुलुकी अपराध संहिता –२०७४ को भाग–२, परिच्छेद –१८ को धारा –२१९, २२०, २२१, २२२, २२३, २२४ र २२५ मा व्यवस्था भएबमोजिम दोषीलाई कारवाही गर्न र छात्राहरूलाई शिक्षालयहरूमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितता गर्न जोडदार मागसहित यो ज्ञापनपत्र पेश गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :