राष्ट्रघाती एमसीसीविरुद्ध र्यालीसहित हुम्लामा बिरोधसभा

राष्ट्रघाती एमसीसीविरुद्ध र्यालीसहित हुम्लामा बिरोधसभा

हुम्ला : नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा बुक्रबार हुम्लाको सर्केगाड गाउँपालिकामा एमसीसी खारेजीको माग गर्दै र्याली सहितको बिरोध सभा सम्पन्न भएको छ ।

नेपालमा एमसीसी नेपालको कानुन भन्दा माथि रहने, एमसीसीका कर्मचारीलाई नेपालको कानुन नलाग्ने, नेपालका जमीन नदीनाला एमसीसीको नाममा पास गर्नुपर्ने, उसलाई कर नलाग्ने, नेपालले अडिट गर्न नपाउने, बौद्धिक सम्पत्तिमा नेपालको कुनै हक नलाग्ने, नेपालीले कुनै काम नपाउने, नेपाल सरकार एमसीसीको मातहतमा चल्नु पर्ने, असंलग्न परराष्ट्र नीति तोड्दै नेपाल आईपिएसमा जानुपर्ने लगायतका असमान प्रावधान राखी गम्भीर राष्ट्रघात भएको र उक्त राष्ट्रघातलाई संसदबाट पास गरी कानुन बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध आन्दोलनको घोषणा गरी शनिबार देशभरि आन्दोलनमा उत्रिएको छ । त्यसै क्रममा हुम्लाको सर्केगाड गाउँपालिकामा पनि एमसीसीको खारेजीको माग गर्दै र्यालीसहित बिरोध सभा सम्पन्न गरेको हो ।

बिरोध सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी हुम्ला जिल्ला सेक्रेटरी कुम्भले भने, ‘अकुत कमीशनमा साम्राज्यवादको दलाली गर्दै राष्ट्रघात र जनघात गर्नु संसदवादको बिशेषता हो, त्यहि काम दलाली पार्टीका दलाली नेताहरूले गरिरहेका छन् । यो दलाली व्यवस्थाले देश र जनताको हितमा आजसम्म कुनै काम गरेको छैन र यो जति समय रहन्छ राष्ट्रघात गर्दै देश र जनतालाई पराधिनताको बाटोतिर लैजाने कुरा निश्चित भएकोले यो दलाल संसदीय व्यवस्थालाई जनमतसङ्ग्रहको माध्यमबाट खारेज गरी वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने नितान्त आवश्यकता रहेको छ ।’

जनसहभागिता सहित अखिल क्रान्तिकारीको बिशेष उपस्थिति रहेको उक्त बिरोध सभाको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी सर्केगाड गाउँपालिका इञ्चार्ज सगरमाथाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :