राष्ट्रघाती एमसीसी सम्झौता पत्र दैलेख बजारमा जलाइयो

राष्ट्रघाती एमसीसी सम्झौता पत्र दैलेख बजारमा जलाइयो

दैलेख : नेपाल कम्युनिस्ट पार्टीले शनिबार केन्द्रीय योजना अनुसार राष्ट्रघाती एमसीसी सम्झौता पत्र दैलेख बजारमा जलाएको छ ।

सम्झौता पत्र जलाईसकेपछिको कोण सभामा बोल्दै पार्टी जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शनले देशलाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउने र देशको राष्ट्रिय स्वाधिनताका बिरुद्ध गरिने एमसीसी सम्झौता मात्र होईन जनताको चाहना बिपरीत जबरजस्त सम्झौता संसदबाट पास गरिएमा यसमा संलग्न सम्पूर्ण राष्ट्रघातीहरूको एउटै चिहान बनाउन तयार हुनुपर्ने बताए ।

नारायण नगरपालिका सेक्रेटरी परिबर्तन र विद्यार्थी नेताहरू उपस्थित रहेका थिए ।

यस्तै गुराँस गाउँपालिमा भएको कार्यक्रममा बोल्दै पुर्ब जिल्ला सेक्रेटरी विश्वले अहिले राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पास गराउन प्रधानमन्त्री शेरबहादुर देउबा लागीपरेको उल्लेख गर्दै एमसीसी संसदबाट पास भएमा देश अफगानिस्तान, सिरिया र लिबिया हुने बताए । उनले सम्पूर्ण देशभक्त शक्ति एकजुट हुन आग्रहसमेत गरे ।

कार्यक्रममा विशेष कमिटी दैलेखका सदस्य चन्द्र बुढा, गुराँस गाउँपालिका सेक्रेटरी गगन घर्तिको उपस्थिति रहेको थियो । जिल्लाको राकम कर्णाली बजार लगायतका ठाँउमा पनि समझौता पत्र जलाएको जानकारी जिल्ला सेक्रेटरी दिपेन्द्रले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :