नेकपा रूपन्देहीले जलायो राष्ट्रघाती एमसीसी सम्झौतापत्र

नेकपा रूपन्देहीले जलायो राष्ट्रघाती एमसीसी सम्झौतापत्र

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले बुटवलमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलाएको छ । नेकपाको केन्द्रीय कार्यक्रम अन्तर्गत अमेरिकी परियोजना एमसीसी सम्झौतापत्र बुटवलको मिलनचोकमा जलाएको हो । नेकपाका जिल्ला सेक्रेटरी विश्वासको नेतृत्वमा भएको कार्यक्रममा जिल्लाका नेता कार्यकर्ता तथा स्थानीय जनताको सहभागिता रहेको थियो ।

राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलाएपछि कोणसभामा नेकपाका जिल्ला नेता एवम् तिलोत्तमा नगर सेक्रेटरी श्याम सेन्चुरीले एमसीसी परियोजना नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वतन्त्रताविरुद्ध रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए । उनले अहिले एमसीसी सम्झौता सरकारले षड्यन्त्रमूलक ढङ्गले पास गरेर कार्यान्वयन गर्न खोजिरहेको भन्दै एमसीसीका प्रतिनिधिहरूको नेपाल भ्रमण यसैमा केन्द्रित रहेको बताए ।

सम्झौता जलाउनु अगाडि र कार्यक्रमको अन्त्यमा नेकपाका नेता कार्यकर्ताले एमसीसीविरुद्ध नाराबाजीसमेत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) रुपन्देहीका जिल्ला अध्यक्ष इन्दु वलीले गरेकी थिइन् ।

नेकपाले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै देशभर चरणबद्ध सङ्घर्ष गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :