सङ्ग्रामी सांस्कृतिक परिवारको बिधागत प्रशिक्षणात्मक तालिम समापन

सङ्ग्रामी सांस्कृतिक परिवारको बिधागत प्रशिक्षणात्मक तालिम समापन

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तर्गत रहेको सङ्ग्रामी सांस्कृतिक परिवार रूपन्देहीको विद्यागत प्रशिक्षणात्मक तालिम शनिबार सम्पन्न भएको छ । भदौ १६ गते उद्घाटन गरिएको प्रशिक्षण १० दिनसम्म सञ्चालन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै नेकपाका रूपन्देही सेक्रेटरी विश्वासले जनकलाकारले क्रान्तिकारी विचारबाट निर्देशित भएर जनताले भोगिरहेका दुःख, पीडा, आक्रोश र विद्रोहलाई सरल र कलात्मक शैलीमा प्रस्तुत गर्नुपर्ने बताए । उनले आजको दलाल पुँजीवादी राज्यसत्ताविरुद्ध वैज्ञानिक समाजवादी सत्ता निर्माणका लागि जनकलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रशिक्षण सम्पन्न गर्ने सम्बद्ध सबैलाई पार्टीको तर्फबाट धन्यवाद व्यक्तसमेत गरेका थिए ।

कार्यक्रममा बुटवल नगर सेक्रेटरी बिरेन्द्र विक, जिल्ला सदस्य एनबी शाही, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य खोमा तरामु मगर, बुटवल नगर सदस्य सरिता बराहले बोलेका थिए । कार्यक्रममा सङ्ग्रामी सांस्कृतिक परिवारका कलाकारहरु आयुसा, अञ्जली, पुजा, विष्णु, अनुषा, सङ्गीता, गङ्गा, प्रकाश, प्रमिसा, पूर्णिमाले प्रशिक्षणमा सिकेका बिषयहरूबारे अनुभूति राखेका थिए ।

सङ्ग्रामी सांस्कृतिक परिवारका संयोजक आत्माको अध्यक्षता र अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रुपन्देहीका अध्यक्ष बिहानी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । १० दिने प्रशिक्षणमा सैद्धान्तिक प्रशिक्षणका साथै विभिन्न विधाहरूको तालिम गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :