विश्वभर २० करोड ११ लाख ३२ हजार कोरोना सङ्क्रमित निको भए

विश्वभर २० करोड ११ लाख ३२ हजार कोरोना सङ्क्रमित निको भए

काठमाडौँ : विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २० करोड ११ लाख ३२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ५ लाख ३० हजार ७७३ जना सङ्क्रमण मुक्त भएसँगै विश्वभर कोरोनाबाट निको हुनेको सङ्ख्या २० करोड ११ लाख ३२ हजार ९२० पुगेको हो ।

यस्तै पछिल्लो २४ घन्टामा विश्वभर ५ लाख ८७ हजार ९३५ जनामा सङ्क्रमण भएसँगै विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या २२ करोड ४६ लाख ६ हजार ३९५ पुगेको छ ।

त्यसैगरी शनिबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको सङ्ख्या ४६ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ८ हजार ९११ जनाको ज्यान गएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ४६ लाख २९ हजार ६९० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

विश्वभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ८८ लाख ४३ हजार ७८५ पुगेको छ । साइट वर्ल्डोमिटर्सका अनुसार उपचार गराइरहेकामध्ये १ लाख ३ हजार ५८३ जनाको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै सङ्क्रमण फैलिएको अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ८६८ जनामा सङ्क्रमण भएको छ । त्यहाँ थप १ हजार ७२४ जनाको मृत्यु भएसँगै अहिलेसम्म ६ लाख ७६ हजार ९६६ जना सङ्क्रमितको ज्यान गएको छ ।

खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुँन नसक्दा अझैँ महामारी नियन्त्रणमा आउन सकेको छैन ।

यसैगरी ब्राजिलमा ५ लाख ८५ हजार ९२३ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने सङ्क्रमण घटेको छ । दैनिक ४ लाखसम्म सङ्क्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३५ हजार सङ्क्रमित देखिन थालेका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ४२ हजार ३५० सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :