महासचिव विप्लवद्वारा पार्टी केन्द्रीय सदस्य नयनका बुबा मानबहादुरप्रति श्रद्धाञ्जली

महासचिव विप्लवद्वारा पार्टी केन्द्रीय सदस्य नयनका बुबा मानबहादुरप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्य इन्द्रबहादुर नकडोली ‘नयन’ का बुबा मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका महासचिव विप्लवले बुधबार शोक वक्तव्य जारी गर्दै आज बिहान शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँमा निधन भएका मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली प्रकट गरेका हुन् । विप्लवले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् । लामो समयदेखि दम र निमोनियाबाट पीडित मकवानपुर निवासी मानबहादुरलाई केही दिनपहिले मस्तिष्कघात भएको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य इन्द्रबहादुर नकडोली ‘नयन’ र दिलबहादुर नकडोलीका बुबा तथा नेपाल कम्युनिस्ट पार्टी निकट शिक्षक सङ्गठन मकवानपुरकी अध्यक्ष इन्द्रकुमारी श्रेष्ठका ससुरा मानबहादुर नकडोलीप्रति श्रद्धाञ्जली प्रकट गर्न नेकपाका नेताहरू आर्यघाट पुगेका थिए । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड, केन्द्रीय सचिवालय सदस्यहरू सुदर्शन र विषम आर्यघाटमा पुगी मानबहादुरको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरे । शोक वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :